दफा ७७
करुर गर्नु पर्ने
(१) बीमकले लघुबीमा सम्बन्धी कार्य गर्ने बीमा अभिकर्ता नियुक्ति गर्नु अघि त्यस्तो बीमा अभिकर्तासँग लिखित सम्झौता गर्नु पर्नेछ।

(२)बीमकले लघुबीमा सम्बन्धी काम गर्ने अभिकर्तासँग सम्झौता गर्दा उक्त अभिकर्ता प्रचलित कानून बमोजिम स्थापना भएको सङ्गठित संस्था रहेछ भने तोकिए बमोजिमको अधिकार त्यस्तो अभिकर्तालाई सुम्पिन सक्नेछ।